इलामः इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनास्थलमा करिब २५ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगूले जानकारी दिए । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ ।
झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो ।
भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको इलामका प्रहरी नायब उपरीक्षक जबेगुले जानकारी दिए ।
भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएको प्रनाउ जबेगुले जानकारी दिए । उनलाई उपाचारका लागि झापा पठाइएको पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।