Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा पहिरो: फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १ २०८१, शुक्रबार
ताप्लेजुङमा पहिरो: फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।

फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन लिम्बुको घर पहिरोले बगाएको हो । पहिरोमा परी मृत्यु भएकाहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असार १ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend