Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्रकको ठक्करले किशोरको मृत्यु

हाम्रो कोशी आवाज
असार १ २०८१, शुक्रबार
सुनसरीमा ट्रकको ठक्करले किशोरको मृत्यु

धरानः सुनसरीको कोशी गाउँपालिका ३ मा ट्रकको ठक्करले एकजना किशोरको मृत्यु भएको छ ।
लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२त १२४३ न. को ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको लु२ख ६०५९ न. को ट्रकले ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा ट्याक्टरमा सवार जिल्ला सुनसरी कोशी गापा–२ बस्ने १८ वर्षीय राजकुमार यादव गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन तथा ट्रक रुपन्देही त्रिलोत्तमा नपा–१० बस्ने ३४ वर्षीय बाबुराम श्रेष्ठ र ट्याक्टर चालक सुनसरीको कोशी गाउँपालिका २ बस्ने २५ वर्षीय शिवनन्द यादव इप्रका लौकहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ट्रकले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend