धरानः पेटसम्बन्धी समस्या जटिल भएपनि समयमा नै आहार विहारमा ध्यान दिने हो भने यसबाट सजिलै बच्न सकिन्छ । नियमित तीन महिनामा चेकजाँच गरिरहने हो भने बेलैमा रोग पत्ता लग्ने हुँदा उपचार पनि सजिलै गर्न सकिन्छ । तर समयमा नै ध्यान नदिने हो भने क्यान्सर जस्तो जडिल रोग लाग्न सक्ने डा. सन्दीपराज ब्रजाचार्यले बताए ।
ग्याष्ट्रिक अधिकांस नेपालीलाई हुने पेटको रोग हो । नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नुपनि हानिकार हुने भएकाले रोगका कारण पत्ता लगायर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा. बज्राचार्यले शिविरमा बिरामी जाँच गर्न आउनेहरुलाई सल्लाह दिएका थिए । प्रमुख अथिति धरान १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडामा आएर वडाबासीहरुलाई पेटरोग सम्बन्धी विशषज्ञ सेवा प्रदान गरेकोमा डा. बज्राचार्य, आयोजक सबै सहयोगीहरुलाई धन्यवादन ज्ञापन गरेका थिए ।
नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाजको महिला समिति धराने संयुक्तरुपमा शनिबार आयोजना गरेको तालिममा १२३ जनाले स्वस्थ्य सेवा लिएका थिए । म्यानस फर्माले बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको र बिर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर निःशुल्क जाँच गरी सहयोग पुरयाएको थियो ।
नेवार एकता समाज नेवाः जातीय सस्था भएपनि सामाजिक उत्तरदायित्व पूरा गर्ने सबैजात जाति र वर्गकालाई स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेको नेवार एकता समाज महिला समितिकी अध्यक्ष सुश्री विद्या शाक्यले जानकारी दिइन् । पूजा कर्मचार्यको े संयोजकत्वमा सम्पन्न शिविरमा हरिकृष्ण श्रेष्ठ, शिला बज्राचार्य, श्याम श्रेष्ठ, वसन्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठलगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेवार एकता समाज धरानका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले डा. बज्राचार्यले इन्टरनल मेडिसिनमा एमडी, गैस्टाएटरोलोजी तथा हेपेटोलोजी विषयमा डीएम गर्नुभएको र बीपी प्रतिष्ठानको असिस्टेन्ट प्रोफेसर समेत भएकाले रोगसम्बन्धी विशेषज्ञ सेवा पाउन सकेको र फलो अप गर्न पनि सजिलो भएको बताउँदै शिविरले धैरै महिला तथा जेष्ठ नागरिकहरुलाई सेवा दिएको जानकारी गराए ।
शिविरको समापन कार्यक्रममा पेट रोग विशषज्ञ डा. सन्दीपराज बज्राचार्यलाई सम्मान पत्रले सम्मान् गरिएको थियो । कार्यकममा सहयोग गर्ने म्यानस फर्मा, बिर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक, श्री दन्तकाली पञ्चायत मावि र कार्यक्रम संयाजक पूजा कर्माचार्यलाई स्मृति उपहार प्रदान गरिएको थियो ।
नेवार पत्रकार राष्ट्रिय दबू सुनसरीले डाक्टर बज्राचार्यबाट प्रत्येक महिनामा एक पटक स्थानीय संघ संस्था समूहको सहकार्यमा महिनाको एक पटक स्वास्थ्य शिविर अयोजना गर्ने योजना बनाएको दबूका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । पेटसम्बन्धी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिन पाएकोमा सहभागीहरु खुशी भएका थिए । औपचारिक कार्यक्रम सञ्चालन समितिको सदस्य दुर्गा श्रेष्ठले गरेकी थिइन् ।