Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब केहीदिन मनसुन थप सक्रिय हुने, कोशीका १३ जिल्ला ‘रेडजोन’ मा

हाम्रो कोशी आवाज
असार १७ २०८१, आइतबार
अब केहीदिन मनसुन थप सक्रिय हुने, कोशीका १३ जिल्ला ‘रेडजोन’ मा

धरानः मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय छ ।
मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ ।
वर्षा भइरहेका प्रदेशका ३४ जिल्लालाई महाशाखाले रेडजोनमा राखेको छ । रेडजोन अर्थात् बाढीपहिरोको जोखिम धेरै रहेका जिल्ला कोशीमा १३ वटा छन् । कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा विपतको जोखिममा छन् ।

प्रकाशित मिति: असार १७ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend