Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक लाख घुससहित इन्जिनियर च्याप्पै समातिए

हाम्रो कोशी आवाज
असार १८ २०८१, सोमबार
एक लाख घुससहित इन्जिनियर च्याप्पै समातिए

धरानः ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।
नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले उनलाई निन्त्रणमा लिइएको हो । उनलाई फुङलिङ नगरपालिका–४ न्युरोड ट्याक्सी स्ट्याण्ड नजिकबाट सोमबार नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: असार १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend