Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते, प्रहरी कार्यालयअगाडि नाराबाजी

हाम्रो कोशी आवाज
असार १८ २०८१, सोमबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते, प्रहरी कार्यालयअगाडि नाराबाजी

मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका-६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार सीताका छोरा प्रशान्त गम्भीर घाइते भएका छन् ।
८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।​
टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: असार १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend