Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

हाम्रो कोशी आवाज
असार १९ २०८१, मंगलबार
धरानको सुनाखरी एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीलाई सम्मान गरेको छ ।
एसईई परीक्षा २०८० मा शत प्रतिशत नजितासहित उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच खदा लगाएर सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनले यो वर्षको एसईई परीक्षामा २२ जना विद्यार्थी सहभागी भएको र शत प्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको जानकारी दिए । यस वर्ष २ जना ए प्लस, १४ जना ए र ६ जना बी ग्रेडमा उत्तीर्ण भएको उनले जानकारी दिए । उनले अभिभावक दिवस कार्यक्रममा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम राखिएको जानकारी दिए । उनले उत्कृष्टसहित शत प्रतिशत नतिजा ल्याउन सफल बन्नुमा विद्यार्थी, अभिभावक र शिक्षक सबैका महत्वपूर्ण भूमिका रहेको समेत बताए ।
२०४५ सालमा स्थापना भएको सुनाखरीमा कक्षा ११ र १२ पनि सञ्चालित छ । कक्षा–११ मा कम्प्युटर, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, म्यानेजमेण्ट विषय पढाइ हुने गरेको छ ।
पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सुनाखरी अब्बल रहेको छ ।

प्रकाशित मिति: असार १९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend