Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसका प्राध्यापक अलविदा लेखेर बेपत्ता, फोनको लोकेसन बराहक्षेत्रमा

हाम्रो कोशी आवाज
असार २२ २०८१, शुक्रबार
धरानको महेन्द्र क्याम्पसका प्राध्यापक अलविदा लेखेर बेपत्ता, फोनको लोकेसन बराहक्षेत्रमा

धरानः प्राध्यापक, समालोचक डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् । मंगलबार रातीसम्म सम्पर्कमा रहेका उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनको मोबाइलको अन्तिम लोकेसन चतरा-बराहक्षेत्र आसपास पाइएको छ भने उनको मोबाइलमा अहिले पनि फोन लागिरहेको छ ।
घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा जुटेका थिए ।
फेसबुकमा मंगलबार दिउँसो एउटा पोस्ट शेयर गरेका उनी त्यो दिन रातीसम्म सक्रिय रहेको उनका सहमकर्मीहरुले जनाएका छन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।
तिम्सिना बेपत्ता भएपछि प्रहरीमा निवेदन दिइएको छ । प्रहरीले उनको मोबाइल लोकेसन ट्रेस गर्नेदेखि स्थानीयहरुसँग सोधपुछका सबै तरिका अपनाएको छ ।
तिम्सिना आफैँ सवारी चलाउँदैनथे । सार्वजनिक सवारीका साधनहरु पनि त्यती बिहानै नचल्ने हुँदा कहाँ गए भन्ने अन्योल छ ।
सरल र मिजासिला स्वभावका तिम्सिना शिक्षणका अतिरिक्त साहित्य र खोज अनुसन्धानमा सक्रिय छन् । उनी साहित्यततर्फ पनि समालोचनामा रूचि राख्छन् ।
प्रहरीले चतरा तथा बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए । उनले हराउनुअघि आफन्त वा सहकर्मीहरुलाई कुनै संकेत पनि दिएको नपाइएको उनका सहकर्मी तथा प्राध्यापक टिका आत्रेयले बताइन् ।
‘वहाँले भन्नुपर्ने शंका गरिएका सबै व्यक्तिहरुलाई सोध्यौं, मेसेज, इमेल हेर्न लगायौं, तर कतैबाट केही जानकारी आएको छैन,’ उनले भनिन् ।

प्रकाशित मिति: असार २२ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend