Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानसिक बिरामीको उपचार गर्दै पुरुष नर्सहरू

हाम्रो कोशी आवाज
असार २८ २०८१, बिहिबार
मानसिक बिरामीको उपचार गर्दै पुरुष नर्सहरू

मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच गर्ने, समयमा औषधी खुवाउने , रगत तान्ने , हिस्ट्री लिने , रेकर्ड राख्नुदेखी , ईसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरु पठाउने र रिर्पोट अभिलेखिकरण गरेर राख्नेदखी डाक्टरहरुलाई विरामीको अवस्था व्रिफिङ गर्नेदेखी विरामी र उनीहरुका कुरुवालाई काउन्सिलिङग गर्ने काम उनीहरु जिम्मेवारी पुर्वक गर्नेगर्दन ।यति मात्र नभएर कति सिकिस्त विरामीहरुलाई दिसापिसाब गराउन शौचालय लानेदेखी लुगा फेरिदिने मात्र नभएर औषधी नखाने विरामीहरु कसैलाई फकाएर त कसैलाई चुर्ण बनाएर औषधी खुवाउने काम पनि गर्नेगर्छन। विरामीको प्रभावकारी सेवा गरेकै कारण् विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरु छैनन त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरुले नै सेवा दिइरहेका छन ।
उसैपनि नर्स भएर विरामीको सेवा गर्नु सजिलो काम हैन । यसकालागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनका लागि मृदृभाषी , लगनशिल र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक विरामीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपुर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका विरामीहरु कोही मानसिक रुपले विक्षिप्त भएका हुन्छन भने कोही चिच्याउने कराउने , होल्हल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन । प्रायले आफुलाई विरामी मान्दैनन र औषधी र खाना पनि पनि खान चाहदैनन झगडा गर्छन । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन ।
विरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफुहरु थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्नका लागि जोखिम मोलेर भएपन नर्स भएर विरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ । निरज जस्तै तीन बर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी , मनोज मेहता , प्रशासन्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरु पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन । ‘हामीहरु पुरुष मात्र नभएर असक्त्त महिला बालबालिका र जेष्ठनागरिक सबै असक्त्त विरामीहरुलाई कुनै भेदभाव नगरि कडा र जटिल खाले सबै विरामीहरुको झर्को नमानी सेवासुश्रृषा गर्छौ ’, मानसिक विभागमा दुई बर्षदेखी नर्स भएर विरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता र उनका साथीहरु बताउँछन । सन्तुष्ट हुनेगरि सेवा गरेकै कारण आजसम्म कोही पनि विरामी र कुरुवाहरुले असन्तुष्टि नजाएको बरु सबैले प्रशंसानै गरेको पुरुष नर्सहरु बताउँछन ।
कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति विरामीहरु होसवास नभएका पनि हुन्छन भने कति चाँही कुटपिट गर्ने र आफुमाथि हिँस्रक व्यवहार गर्नेहरु पनि हुन्छन । कतिपयले मौका खोजेर आफुलाई घात गर्नेदेखी आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन । यसैले सेवामा खटिएका नर्सहरुले चौबिसै घण्टा सर्तक हुनुपर्दछ । आफुहरुको सजगता र धैयर्ताकै कारण आजसम्म कुनै अप्रिय घटना हुनपाएको र बरु उपचारमा आएका विरामीहरु पनि निको भएर अस्पतालबाट डिस्र्चाज भएको नर्स सिकेन्द्र यादव बताउँछन ।
मानसिक विभागमा भर्ना भएका विरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरुले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका रेसिडेन्सियल ईन्र्चाज चिकित्सक डाक्टर शिर्षकदिप श्रेष्ठ वताउँछन ।

प्रकाशित मिति: असार २८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend