Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराननजिकै महिलाले दुई करोडको लगानीमा सञ्चालनमा ल्याइन् माछा फार्मसहितको होटल

हाम्रो कोशी आवाज
असार २९ २०८१, शुक्रबार
धराननजिकै महिलाले दुई करोडको लगानीमा सञ्चालनमा ल्याइन् माछा फार्मसहितको होटल

धरानः धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
युवा व्यवसायी सिर्जना सुब्बाले साँगुरीगढी गाउँपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन् ।
करिब दुई करोडको लगानीमा सुब्बाले ‘देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछा फार्मसहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन् ।
खोलाको बगरमा रमाउन चाहनेहरूका लागि क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खानासँगै रमणीय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री बस्नको लागि टेण्डको व्यवस्था गरिएको छ । होटलमा वनभोजसँगै विभिन्न पाटीको लागि समेत गर्न मिल्ने व्यवस्था रहेको छ ।
होटलमा आफै फिसिङसँगै क्याप फायर समेत गर्न पाइने सञ्चालिका सुब्बाले जानकारी दिइन् । होटल सञ्चालनमा आएसँगै पर्यटकहरुको आगमन समेत बढ्ने विश्वास लिइएको उनले बताइन् । होटल सञ्चालनमा आएसँगै सो क्षेत्रमा पर्यटकहरुको आगमन समेत बढ्नुका साथै अर्थतन्त्र चलायमान हुुने युवा नेता रवि राईले बताए । साथै उनले सो क्षेत्रमा उत्पादन हुने अर्गानिक साग सब्जीको बजार समेत विस्तार हुने बताए ।
हेरौं तस्वीरहरूः

प्रकाशित मिति: असार २९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend