Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषध ल्याउँदै गर्दा पुरुष र १०१ किलो गाँजासहित महिला समातिइन्

हाम्रो कोशी आवाज
साउन १ २०८१, मंगलबार
धरानमा लागूऔषध ल्याउँदै गर्दा पुरुष र १०१ किलो गाँजासहित महिला समातिइन्

धरानः धरानमा लागूऔषध ल्याउँदै गर्दा धरानका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान– १६ का ४४ वर्षीय शरण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । विराटनगर–१५ एक नम्बर ढाटबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले एभिल–१० एम्पुल, डायजिपायम–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल र फेनारगन–१० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच कारमा गाँजा ल्याउँदै गर्दा धरानका एकजनासहित पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका ४ इक्राहीबाट १०१ किलो गाँजासहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कारमा सवार धरान–१३ की ४२ वर्षीया लक्ष्मी राई विक, चालक मोरङ केराबारी गाउँपालिका ५ का ३६ वर्षीय सुरेश लिम्बू र कारमै सवार धनकुटा साँगुरीगढी गाउँपालिका २ का ३४ वर्षीय सुभाष नोयोहाङ रहेको प्रहरीले जनाएको छ । बा६च ४६८९ नम्बरको कारमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले कारको डिकीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेका थिए ।
यसैबीच सुनसरीको दुहबी नगरपालिका १२ गेलाबारीबाट मोटरसाइकलसहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१–०२–०५३प ८९६१ नम्बरको बेबारिसे मोटरसाइकल पछाडि बोरामा लोड गरिएको २५ किलो ५२० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend