Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारमा स्काइवाकको मज्जा, शुक्रबारदेखि खुल्ला

हाम्रो कोशी आवाज
साउन ११ २०८१, शुक्रबार
भेडेटारमा स्काइवाकको मज्जा, शुक्रबारदेखि खुल्ला

धरानः पर्यटकीयस्थल भेडेटारमा स्काइवाक सञ्चालनमा आएको छ ।
शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले रिवन काटेर संयुक्तरुपमा स्काइवाकको उद्घाटन गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण गरिएको हो । धनकुटा र सुनसरीको सीमानामा पर्ने भेडेटारमा रहेको भ्यू टावर भत्काएर स्काइवाकका लागि संरचना बनाइएको हो । कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको सो परियोजना वण्डर्स अम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
सार्वजनिक निजी साझेदारीमा निर्माण गरिएको कोशी प्रदेशको यो पहिलो परियोजना हो । ५० मिटर लामो स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भइरहेको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ ।
भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काइवाक निर्माण गरिएको हो । करिब २० करोड रुपैयाँको लगानीमा स्काइवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोकाहले जानकारी दिए ।
धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिए । आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने उनले बताए ।
स्काइवाक सञ्चालनमा आएसँगै कोशी प्रदेशको आर्थिक गतिविधि बढ्ने र पर्यटन प्रवद्र्धनमा पनि थप टेवा पुग्ने मुख्यमन्त्री कार्की बताउँछन् । उनले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’ लाई यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने उनको कथन थियो ।
कार्यक्रममा बोल्दै धरान उपमानगरपालिकाका मेयर साम्पाङले धरान र भेडेटारको एक आपसमा सम्बन्ध रहेको बताउँदै भेडेटारमा पर्यटक बढे धरानलाई पनि फाइदा पुग्ने बताए । अध्यक्ष रुम्दाली राईले यहाँ स्काइवाक सञ्चालनमा आएपछि पर्यटक थप बढ्ने विश्वास लिइएको बताए ।

प्रकाशित मिति: साउन ११ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend