Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको मोटरसाइकल डाँडाबाट खस्दा बालिकाको मृत्यु, आमा-बुवा घाइते

हाम्रो कोशी आवाज
साउन १३ २०८१, आइतबार
गुडिरहेको मोटरसाइकल डाँडाबाट खस्दा बालिकाको मृत्यु, आमा-बुवा घाइते

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । रमिते–टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको हो ।
रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मिताको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारी मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा परेको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल झरेको थियो ।

प्रकाशित मिति: साउन १३ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend