Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित ४२ जना समातिए, सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ

हाम्रो कोशी आवाज
साउन २२ २०८१, मंगलबार
लागूऔषधसहित ४२ जना समातिए, सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ

धरानः सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागूऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागूऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्ने क्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।
गत आवमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपीटिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सो अवधिमा लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई वटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
भारतसँग खुला सीमानाका भएका कारण अधिकरुपमा लागूऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागूऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागूऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेका सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
सप्तकोशी नदीको जलमार्ग र लागूऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।

प्रकाशित मिति: साउन २२ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend