Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमार्फत् जुट्यो सजिना राईको उपचारमा २७ लाख सहयोग

हाम्रो कोशी आवाज
साउन ३० २०८१, बुधबार
सामाजिक सञ्जालमार्फत् जुट्यो सजिना राईको उपचारमा २७ लाख सहयोग

सामाजिक सञ्जालमार्फत् पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकमार्फत् २७ लाख ११ हजार चार सय २९ रुपैयाँ सङ्कलन भएको हो।
स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।
सङ्कलित रकम हालै सजिनालाई हस्तान्तरण गरिएको छ। प्राप्त रकमबाट उनले क्यान्सरकाे शल्यक्रियासमेत गराइसकेकी छन्।
आफ्नो जीवन रक्षाका लागि रकम प्रदान गर्ने सबैमा सजिनाले हार्दिक कृतज्ञता ज्ञापन गरेकी छन्।

प्रकाशित मिति: साउन ३० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend