Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, सुन अहिलेसम्मकै महंगो

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८१, मंगलबार
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, सुन अहिलेसम्मकै महंगो

धरानः सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। लगातार वृद्धि भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो। हिजोको मूल्यमा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएपछि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको महासंघले जनाएको छ।
गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य त्यसयता लगातार बढ्दै आएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
सैबीच, चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार चाँदीको कारोबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा भइरहेको छ । सोमबार चाँदीको मूल्य एक हजार नौ सय ८५ रूपैयाँ रहेको थियो, जुन अघिल्लो दिनको तुलनामा १५ रूपैयाँ कम हो ।

प्रकाशित मिति: फाल्गुन १३ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend