Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानबाट थप १२ जनाले कोरोना जिते, ४७२ वटा शंकास्पद नमूना संकलन

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७७, शनिबार
धरानको बीपी प्रतिष्ठानबाट थप १२ जनाले कोरोना जिते, ४७२ वटा शंकास्पद नमूना संकलन

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १२ जनाले कोरोना जितेर घर फिरेका छन् ।
झापाका १२ जना कोरोना भाइरस संक्रमित शनिबार घर फिरेका हुन् । प्रवक्ता डा. निदेश सापकोटाले १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका १२ जना पुरुष कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । पिसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । प्रतिष्ठानले हालसम्म १ सय ८३ जना संक्रमितलाई सेवा दिएको छ ।
जसमध्ये ८३ जना कोभिड १९ संक्रमित ब्यक्तिलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको छ । त्यसैगरी ३३ जना सफल उपचारपछि डिस्चार्ज भएको र ६५ जना स्थानान्तरण भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार शनिबार दुई जना नयाँ संक्रमित उपचारका लागि भर्ना भएको र आरडीटी परिक्षणका क्रममा पोजेटिभ देखिएका एक जना ब्यक्तिलाई पनि प्रतिष्ठानमा राखिएको छ ।
प्रतिष्ठानले हालसम्म ४ सय ७२ वटा शंकास्पद नमूना संकलन गरेको छ । जसमा १४ जनामा संक्रमण देखिएको र ४ सय ५८ जनाको रिपोर्ट नेगेटिभ रहेको छ ।

प्रकाशित मिति: जेष्ठ २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend