Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा पानीमा उफार्ने खेलको तयारी

हाम्रो कोशी आवाज
कार्तिक १९ २०८३, बिहिबार
बराहक्षेत्रमा पानीमा उफार्ने खेलको तयारी

धरानः सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिपको चौथो संस्करण हुने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियन्सीप आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवद्र्धन तथा मौलिक खेलको संरक्षण गर्ने उद्देश्य राखिएको जानकारी दिए।
च्याम्पियन्सीप कार्तिक २४ गते गोवद्र्धन पूजाका दिन हुने बताएका संयोजक राईले स्थानीय मधुवन क्षेत्रको प्रचारप्रसारसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचराको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताए।
संयोजक राईका अनुसार स्टोन स्किपिङ चेप्टो आकारको ढुङ्गालाई पानीमा तीव्रगतिमा फ्याँकेर पानीको सतहमा कति पटक उफार्न सकिन्छ भन्ने आधारमा प्रतिस्पर्धा गराइने खेल हो। जुन स साना अवस्थामा स्थानीय पोखरी तथा नालामा ढुंङगा डुबुल्की लगाउने झै देखिने उनको भनाई छ। विहान १० बजेबाट सुरु हुने च्याम्पियन्सीपमा विजेता खेलाडीले २५ हजार रुपैया हात पार्ने उनले बताए।
त्यसैगरी, उपविजेताले १५ र तेस्रो स्थानमा रहनेले १० हजार रुपैया हात पार्नेछन्। बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित तीनटोलिया पोखरीमा हुने च्याम्पियन्सीप यसअघि सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसार क्षेत्रको पर्यटन प्रवद्र्धनलाई ध्यानमा राखेर हुँदै आएको थियो । पत्रकार सम्मेलनमा अमेरिकाका नागरिक कर्ट स्टेटनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर कीर्तिमान कायम राखेको कीर्तिमान रहेको बताइएको छ।

प्रकाशित मिति: कार्तिक १९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend