Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कुकुर आतङ्क

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
धरानमा कुकुर आतङ्क

धरानः धरान-१७ मा धमाधम कुकुर मर्न थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् ।
केही समयअघि गाईलाई कुकुरले टोकेपछि गाई मरिसकेको स्थानीय भरत खत्रीले जानकारी दिए । ‘पहिला शुरूमा पर्शु बस्नेतको घरमा पालिएको कुकुर मरेको थियो, त्यसले गाईलाई पनि टोकेको र रेविज फैलिएको थियो’, उनले भने, ‘अहिले गाईको दूध खानेदेखि अन्य धेरैले रेविजको सुई लगाइसकेका छन् ।’
हाल ५–६ वटा मरिसकेको स्थानीयबासीले बताएका छन् । ‘एउटा बिरालो पनि मरिसकेको छ’, स्थानीय अप्सरा खत्रीले भनिन्, ‘पहिचान नभएको रोगबाट पटनाली गाउाँ पाल्तु कुकुर धमाधम मर्न थालेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।’
यसरी धेरै पाल्तु कुकुरहरु मरेपछि स्थानीय त्रसित भएका हुन् । सुरुमा खोक्ने, काप्ने, रयाल–सिंगान निकाल्नेजस्ता लक्षण देखिने र केही दिनमै कुकुर मर्ने गरेको उनले बताइन् । उनले केही समयदेखि कुकुर मर्ने क्रम नरोकिएको र सम्बन्धित निकायले चासो दिनुपर्ने बताइन् ।
मरेका कुकुर गाउ“लेले खोलामा फ्याँक्ने गरेका कारण मानिस तथा पशु पंक्षीमासमेत रोग फैलन सक्ने त्रास बढेको स्थानीयबासी बताउँछन् । रोगको पहिचान र उपचार हुन नसकेको स्थानीयबासिन्दाले बताएका छन् ।
अहिले स्थानीयबासीले अधिकांशले रेविजको खोप लगाइसकेका छन् । ‘अधिकांशले खोप लगाइसकेका छन् तर पनि स्थानीयमा त्रास अझै हराएको छैन, पशु कार्यालयका कोही पनि आएका छैनन्’, स्थानीय भरतले गुनासो गरे ।
छाडा छोडिएका (भुस्याहा) र पाल्तु कुकुरको टोकाइबाट केही घाइते समेत भएका छन् ।

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend