धरानः अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लकडाउन गरिएको छ ।
प्रतिष्ठानमा कार्यरत डाक्टरका श्रीमान र सर्जरी विभागमा बसेका बिरामीमा कोरोनाको पुष्टि भएपछि लकडाउन गरिएको प्रतिष्ठान रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए । विज्ञप्ति नै जारी गरी विशेषतः आवास क्षेत्रमा केन्द्रीत गरी ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि फैलने देखिएपछि लकडाउन गरिएको जनाइएको छ ।
आवास र छात्रबास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तीनका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक कामबाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ । आकस्मिक कक्षमा उपचारका लागि आउने चिकित्सकहरुलाई सावधानी अपनाउन प्रतिष्ठानले अनुरोध गरेको छ । प्रतिष्ठानमा कार्यरत एक डाक्टरका श्रीमान र सर्जरी युनिटबाट डिस्चार्ज भइसकेका बिरामीको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।
