Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट चल्ने सार्वजनिक बसमा खचाखच यात्रु

हाम्रो कोशी आवाज
साउन १६ २०७७, शुक्रबार
धरानबाट चल्ने सार्वजनिक बसमा खचाखच यात्रु

धरानः आजदेखि सार्वजनिक तथा निजी सवारी साधनमा सरकारी मापदण्ड अनिवार्य गरिने भएको छ ।
विशेषतः सुनसरीको हकमा यो मापदण्डलाई अझै कडाइका साथ लागू गराउन लागिपर्ने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले नियम पालना नभए ठाउँको ठाउँ बस रोकिने पनि बताए । ‘हिजो (बिहीबार) देखि नै पालना भएको छ छैन भन्नेबारेमा चेकजाँच गर्दै कडाइका साथ नियम पालना गर्न भनिएको छ’, उनले भने, ‘नियम पालना भए नभएको वपा हेलचेक्र्याइँ गरेको पाइए ठाउँको ठाउँ बस रोक्नु भनेर टाफिक प्रहरीलाई भनिसकेको छु ।’
उनले सार्वजनिक बसमा अहिले पनि पनि खचाखच यात्रु चढाउने प्रवृत्ति नरोकिएको बताए । ‘म आफै पनि यसो बसतिर हेर्छु, खचाखच यात्रु, यो त अति भयो, अब नियमबद्ध चल्नुपर्छ ।’ उनले निजी र सार्वजनिक सवारीमा सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने साथै बसमा सिटमा आधा यात्रु मात्रै चढ्न पाइने नियमलाई पालना गर्न आग्रह गरेका छन् । ‘यो नियम भनेको कोरोना महामारीबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं अभियान हो, अभियानमा साथ नदिए आजदेखि कारवाही थाल्छौं ।’ उनले भने ।

यता धरान प्रवेश गर्ने नाकामा पनि कडाइ गरिने भएको छ । धरानका जुनसुकै नाका हुँदै भित्रिने टेम्पो, सिटी सफारीलगायतलाई भित्रिन नदिइने भएको छ । धरान उपमहानगरपालिकामा बसेको बैठकले नै यस्तो निर्णय गरेको हो । यता धरान उपमहानगरपालिकाले बिनाकाम घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति: साउन १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend