Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान खानेपानीको मुहानमा तोडफोडको आरोप लागेका हर्क साम्पाङलाई ५ दिनको म्याद थप, फरार प्रमुखलाई खोज्दै प्रहरी

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
धरान खानेपानीको मुहानमा तोडफोडको आरोप लागेका हर्क साम्पाङलाई ५ दिनको म्याद थप, फरार प्रमुखलाई खोज्दै प्रहरी

धरानः खानेपानीको मुहान तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत सुनसरीले उनलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र अत्यावश्यक वस्तुमा अवरोधको मुद्दा दायर भएको उनले जानकारी दिए । धरानको खानेपानीको मुहान क्षेत्रमा तोडफोडको आरोपमा मंगलबार पक्राउ परेका साम्पाङलाई प्रहरीले म्याद थप गर्न बुधबार नै जिल्ला अदालत लगेको थियो ।
उनलाई धरान उपमहानगरपालिका खानेपानी बोर्डको जाहेरीका आधारमा ‘सार्वजनिक सम्पत्तिको तोडफोड र अत्यावश्यक सेवामा अवरूद्ध’ मुद्दामा म्याद थप गरिएको हो । मुहान क्षेत्रमा क्षति पुरयाएको भन्दै कारबाहीका लागि बोर्डले मंगलबार बेलुका किटानी जाहेरी दिएको थियो । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा खानेपानीको मुहान तोडफोड गर्ने दोषीलाई यथाशीघ्र क्षतिपुर्तिसहित कानुनी कारवाही गर्न जोडदार माग गरिएको थियो । तोडफोडमा खानेपानी कार्यालयका प्रमुख रामकुमार श्रेष्ठविरुद्ध पनि जाहेरी परिसकेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले साम्पाङ नेतृत्वको समूहलाई खानेपानीको मुहान सर्दु र खर्दुसम्म पुरयाएको र उनकै उपस्थितिमा पाइपलाइन तोडफोड गराएको आरोप छ । डिएसपी बस्नेतले अदालतबाट उनलाई पनि पक्राउ अनुमति लिएको र श्रेष्ठको खोजी भइरहेको बताए । धरान–९ का वडाध्यक्ष रत्न कटुवालले कार्यपालिका बैठकमा कार्यालय प्रमुख श्रेष्ठ फरार रहेको र उनलाई पक्राउ गरी क्षतिपुर्तिसहितको कारवाही माग गरिएको जानकारी दिए ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend