धरानः धरानमा १३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । १९ गते ९२ जनाको स्वाब संकलन गर्दा १२ पोजेटिभ ८० नेगेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । यस्तै, बुधबार राति ११ बजे आएको रिपोर्ट अनुसार १२ जना पोजेटिभ आएको हो ।
यस्तै, बिहीबार आज धरान–२ को २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको उनले जानकारी दिए । ‘हिजोसम्म १२ जना थिए, आज फेरि एकजना पोजेटिभ थपिएका छन् ।’ उनले भने । १३० जनाको स्वाब संकलन गरेर चेकजाँच गर्दा एकजनामा मात्रै कोरोना पोजेटिभ केस देखिएको हो ।
संक्रमितमध्ये ५ जना भारतीय आर्मी रहेका छन् । उनीहरू धरान–१९, धरान–१५, धरान–११ का पुरुष हुन् । यस्तै, १२ जनामध्ये नै एकजना धरान–२ की २२ वर्षीय महिला रहेकी छिन् । उनी भारतमा पढाइ सकेर फर्किएकी हुन् । यस्तै, एकजना धरान–१० को एकजना ४० वर्षको महिला, यस्तै, वडा नं. १० घर भएकी तर वडा नं. १८ लेखाएकी ४० वर्षीय महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । वडा नं. ३ को एउटै परिवारका ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । सो परिवारमा ८५ वर्षका वृद्धदेखि ७ वर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।