Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ९ जना थपिएसँगै संक्रमितको संख्या ५५ पुग्यो

हाम्रो कोशी आवाज
साउन २६ २०७७, सोमबार
धरानमा ९ जना थपिएसँगै संक्रमितको संख्या ५५ पुग्यो

धरानः धरानमा फेरि ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै धरानमा मात्र संक्रमितहरुको संख्या ५५ जना पुगेको छ ।
कोरोना संक्रमितहरूमा धरान-१० का २ जना महिला १६ र २० वर्षीय युवती, धरान-६ का २७ वर्षका २ जना पुरुष, धरान-१३ का ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान-१५ का २९ वर्षीय पुरुष, धरान-१६ का २७ वर्षीय पुरुष र धरान-१९ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
कोरोना पुष्टि भएका ९ मध्ये ४ जना भारतीय आर्मी भएको खुलेको छ । उनीहरु ३ जना एन्फा क्वारेन्टाइनमा छन् भने एकजना होटल क्वारेन्टाइनमा रहेका छन् । यस्तै, २ जना एन्फा क्वारेन्टाइनबाट नेगेटिभ भएर होम क्वारेन्टाइनमा बसेका धरान-१३ का हुन् । समुदायका पनि ३ जना संक्रमित भएका छन् । ती धरान-१० का २० वर्ष र १६ वर्षका युवतीहरु छन् । यस्तै, धरान-१९ का ४० वर्षका पुरुष पनि संक्रमित देखिएका छन् ।

प्रकाशित मिति: साउन २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend