Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा समस्याः उपकुलपतिको कार्यालयमा नेविसंघको अनिश्चितकालीन ताला

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
बीपी प्रतिष्ठानमा समस्याः उपकुलपतिको कार्यालयमा नेविसंघको अनिश्चितकालीन ताला

धरानः कोभिड अस्पताल तत्काल सन्चालन गरलगायतको माग राख्दै नेपाल तरुण दल र स्वतन्त्र विद्यार्थी युनियनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा ताला लगाएको छन् ।
केही समयअघि प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेर फर्किएको तरुण दलका नगर सभापति हिमाल श्रेष्ठले जानकारी दिए । ‘यो अनिश्चितकालीन ताला हो’, उनले फोन सम्पर्कमा भने । बीपी प्रतिष्ठानले वैशाख ११ गते अस्पताल सञ्चालनमा ल्याउने भन्दै आलटाल गरिरहेको र हाल धरानका बिरामीलाई समस्या परेको उनले बताए ।
महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव दोर्ची शेर्पाले धरानेका लागि छुट्टै बेड छुट्याउन माग गरेको जानकारी दिए । उनीहरूले प्रतिष्ठानको सिनेट बैठक रोकिनुपर्ने पनि माग राखेका छन् ।
यसअघि धरानका उपमेयर तिलक राईले धरान उपमहानगरभित्र कोरोना संक्रमण समुदायस्तरमा फैलिएको बेला सिनेट बैठक बोलाएको भन्दै स्वास्थ्यमन्त्रीलाई पत्र लेख्दै रोक्न माग गरिसकेका छन् । बैठक साउन ३० गते डाकिएको छ । प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनले कोभिड अस्पताल उद्घाटन भएता पनि हाल सम्म सञ्चालनमा नआएको गुनासो पत्रमा गरेका छन् ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend