Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानको बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षामा लगाइएको ताला घण्टा पनि टिकेन

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
अन्ततः धरानको बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षामा लगाइएको ताला घण्टा पनि टिकेन

धरानः अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित उपकुलपति कार्यालयमा लगाइएको ताला घण्टा बढी टिकेन ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली पुगेर ताला फोडेको छ । नेविसंघ र तरुण दल मिलेर लगाइएको ताला एकघण्टापछि फोडिएको हो । कोरोना अस्पताल स्थापना भएको ३ महिनासम्म पनि सञ्चालनमा नआएको, धरानका कोरोना संक्रमितलाई उपचारका लागि भर्ना नगरिएको आदि माग राखेर ताला लगाइएको तरुण दलका नगर सभापति हिमाल श्रेष्ठले जानकारी दिए । आन्दोलनकारीहरुले तत्काल प्रतिष्ठानमा कोभिड अस्पताल सञ्चालन गर्न र भर्ना हुनबाट बञ्चित नगर्न माग गरेको जनाएका छन् । उनीहरूले प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेर फर्किएका हुन् । बीपी प्रतिष्ठानले वैशाख ११ गते अस्पताल सञ्चालनमा ल्याएको थियो ।
यसअघि धरानका उपमेयर तिलक राईले धरान उपमहानगरभित्र कोरोना संक्रमण समुदायस्तरमा फैलिएको बेला सिनेट बैठक बोलाएको भन्दै स्वास्थ्यमन्त्रीलाई पत्र लेख्दै रोक्न माग गरिसकेका छन् । बैठक साउन ३० गते डाकिएको छ । प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनले कोभिड अस्पताल उद्घाटन भएतापनि हालसम्म सञ्चालनमा नआएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend