Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि कोरोना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
धरानमा फेरि कोरोना संक्रमितको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे ।
गत २६ गते उनलाई बीपी ल्याइएको र मंगलबार परीक्षण गर्दा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ‘आज (बुधबार) बिहान राति डेढ बजेतिर निधन भएको हो,’ प्रतिष्ठानका प्रवक्तासँग डा. निदेश सापकोटाले भने, ‘२६ गते इमरजेन्सीमा आउनुभयो, शंकास्पद देखिएपछि अलग्गै आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा उनको निधन भयो ।’ ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई त्यहाँ ल्याइएको थियो । उनमा कुनै रोग नभएको उनले जानकारी दिए । योसँगै योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या पाँच पुगेको उनले जानकारी दिए । यसैबीच प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्युु हुनेमा चार जना विराटनगरका र दुईजना मोरङको सुनवर्षी र रंगेलीका रहेका छन् । यसअघि प्रदेश २ का दुईजनाको बीपीमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend