ताप्लेजुङः ताप्लेजुङ कोरोनामुक्त जिल्ला हो । कोरोना फैलिन नदिनको लागि जिल्ला प्रशासनले उच्च सर्तकता अपनाउन थालेको छ ।
बुधबार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै ताप्लेजुङ जिल्लामा सञ्चालन भइरहेको विद्यालयहरु अर्को सूचना नआएसम्म बन्द गर्न अनुरोध गरिएको छ । काजक्रियाको लागि आउजाउ गर्ने व्यक्तिका लागि मात्र स्थानीय तहहरूले सवारी पासको सिफारिस गर्न जारी सूचानामा उल्लेख गरिएको छ ।
कुनैपनि भीडभाड हुने कार्यक्रम, खेलकुद, हाटबजार साथै मासु पसल सञ्चालन नगर्न सूचनामा उल्लेख गरिएको छ । ताप्लेजुङ जिल्ला प्राशासनको सहमती नम्बर मिति उल्लेख नभइ अन्तर जिल्लाबाट आएको सवारी साधन सम्बधित जिल्लामा फिर्ता पठाइने सूचनामा उल्लेख गरिएको छ ।
उता फक्ताङलुङ गाउँपालिका शिक्षक तथा शिक्षिका नियमित विद्यालयमा हाजिर हुने र विद्यार्थीहरुको लागि पठनपाठन भने बिहीबारदेखि बन्द गर्ने फक्ताङलुङ गाउँपालिकाको अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए । सिरिजंघा गाउँपालिकाले सामाजिक दुरी कायम गराएर विद्यार्थी अध्ययन अध्यापन गर्दै आएको थियो । बिहीबादेखि बन्द गर्ने सिरिजंघा गाउँपालिकाको कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
जिल्लाभित्र भीडभाड गर्ने तथा जिल्ला प्रशासनले जारी गरेको सूचनाको बेवास्ता गर्नेलाई कानुन अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय प्रमुख डोरेन्द्र निरौलाले बताए ।