Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पुरानो अस्पतालको जग्गामा प्रपञ्च र खेल !

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
धरानको पुरानो अस्पतालको जग्गामा प्रपञ्च र खेल !

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको भन्दै नेपाल तरुण दल र नेविसंघले विरोध जनाएको छ ।
बुधबार बसेको बीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति (जग्गा) निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेपछि कांग्रेसनिकट यी दुई संगठनले विरोध शुरू गरेका हुन् । धरानको छाताचोकमा करिब ६ कठ्ठा जग्गा रहेको छ । यस्तै, मोरङको सुन्दरहरैंचामा रहेको १४ विघामध्ये ७ विघा जग्गा रहेको छ ।
‘पुरानो धरान अस्पतालको जग्गा प्रतिष्ठानले स्थानीय निकाय र सरोकारवालाहरू कसैसँग समन्वय नगरी उपकुलपति र मन्त्रीको स्वार्थमा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्चको घोर भत्र्सना गर्दै सो कार्य रोक्न माग गर्दछौं’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
उता मोरङको सुन्दरहरैंचामा रहेको १४ विघामध्ये ७ विघा जग्गामा जननेता मदन भण्डारीको नाम जोड्दै महामानव बीपीको नाममा नै धावा बोलेको भन्दै विवाद सिर्जना नगर्न आग्रह गरिएको छ । नेपाल तरुण दल क्षेत्र नं. १ सुनसरीका कावा अध्यक्ष सम्पूर्ण ताम्राकार, नेपाल तरुण दल धरान उपमहानगर समितिका अध्यक्ष हिमाल श्रेष्ठ, स्ववियुका सचिव दोर्ची शेर्पाद्वारा जारी विज्ञप्तिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अराजक गतिविधिका विरुद्धमा निरन्तर आन्दालन गर्ने समेत चेतावनी दिइएको छ ।
नेपाल तरण दल सुनसरी क्षेत्र नं. १, तरुण दल धरान नगर समिति र नेपाल विद्यार्थी संघ सुनसरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानको हित भन्दा बाहिर उपकुलपतिले काम गर्न थालेको, अहिलेको विषम परिस्थितिमा कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्नु भन्दा पनि आफ्नो स्वार्थका लागि साउन ३० गते सिनेट बैठक राखेको भन्दै प्रतिष्ठानको सम्पत्ति जोगाउन र बेथितिका विरुद्ध जस्तोसुकै परिस्थितिमा आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल धरान नगर समितिका अध्यक्ष हिमाल श्रेष्ठ दिए ।
१५ बुँदे मागसहित निरन्तर आन्दोलन गर्न लागेका उनीहरुले प्रतिष्ठानको मनोमानीप्रति खेद प्रकट गरेका छन् । वैसाख ११ गते प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले निरीक्षण तथा अनुगमन गरेको कोभिड अस्पताल हालसम्म सञ्चालन नगरेको र तरुण दल र नेविसंघको आन्दोलनपश्चात सञ्चालननको नाटक गरेर समाचार माध्यममा समाचार सम्प्रेषण भएकोप्रति भत्र्सना समेत गरेको छ ।
अहिलेको विषम परिस्थितिमा सिनेट बैठक भन्दा पनि कोरोनाको जोखिमलाई ध्यान केन्द्रित गर्नुपर्ने पहिलो आवश्यकता भएपनि स्थानीय सरकारको मागलाई लत्याउँदै समन्वयविना नै आफूले गरेको वेथितिलाई वैधानिकता दिनका लागि साउन ३० गतेको सिनेट बैठक गर्न लागेको आरोप लगाउदै कोरोनाको संंक्रमण बढ्दै जादा संक्रमितलाई राख्ने ठाउँ नभएपछि धरान उपमहानगरपालिकाले धरान १९ हरियाली सामुदायिक भवनमा २३ बेडको आइसोलेसन बनाएको नगर सभापति श्रेष्ठले बताए । उनले लेवल ३ को कोडिभ अस्पताल पूर्ण रुपमा सञ्चालन गर्दैै धरानहरुका लागि २५ बेड सुरक्षित राख्न पनि माग गरे ।
सिनेटका सदस्य रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारीका बेला सिनेट गर्न लागिएकाले त्यसलाई रोक्न ध्यानाकर्षण पत्रसमेत पठाएका छन् । सिनेटकै विषयलाई लिएर प्रतिष्ठानमा विद्यार्थीहरुले ताला लगाएर आन्दोलनमा उत्रिएका छन् ।
के के छन् सिनेटमा प्रस्तुत गरिने मुख्य प्रस्ताव ?
विवादास्पद मातृ शिशु भवनको म्याद थप र भुक्तानीलाई अनुमोदन गर्ने, प्रतिष्ठानको नाममा रहेका करिब एक अर्ब भन्दा बढी मूल्य पर्ने सुन्दरहरैचाकोे जग्गा, धरानस्थित छाताचौकको र काठमाण्डौको बाँसबारीकोे जग्गा निजी कम्पनीलाई भाडामा वा साझेदारमा दिने प्रस्ताव, सुन्दरहरैचाको जग्गामा जननेता मदन भण्डारीको नाममा अस्पताल निर्माण गर्ने लगायतका प्रस्तावहरु सिनेटमा राख्ने रहेको स्रोतले जानकारी दिएको छ ।
फोटोः लक्षण 

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend