Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनमा ठगेको आरोपमा झापाकी युवती पक्राउ

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
सुनमा ठगेको आरोपमा झापाकी युवती पक्राउ

धरानः झुक्याएर सुनका गरगहना ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शान्तिनगर–६ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २९ वर्षीया शारदा मगर छिन् । मगरले सिन्धुपाल्चोक घर भई नयाँबानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको गरगहना झुक्याएर ठगी गरेको आरोप लागेको छ । मगरले श्रेष्ठको ४ लाख ३६ हजार रुपैयाँ बराबरको गरगहना ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेकी उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । सुन पसलबाट विभिन्न बहानामा झण्डै साढे चार लाखका गरगहना ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मगरले चार लाख ३६ हजार रकम बराबरको सुनका गरगहनाहरु विभिन्न बहाना बनाई झुक्याई ठगी गरेकी थिइन् । उनले ठगी गरेका गहनाहरुमा सुनको सिक्री डेढ तोला थान १, सुनको लकेट ५४ लालको थान १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान १, हिराको औंठी थान १, र सुनको औंठी ३५ लालको थान १ रहेका छन् ।
अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई ज्ञानेश्वरबाट पकाउ गरेको जनाइएको छ । साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले ठगीमा परेको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend