Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमै तीनजनामा पहिला नेगेटिभ, पछि कोरोना पोजेटिभ

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
धरानमै तीनजनामा पहिला नेगेटिभ, पछि कोरोना पोजेटिभ

धरानः धरानमा आज (शुक्रबार) थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै समुदायमा कोरोना संक्रमित हुनेहरूको संख्या २९ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । आज शुक्रबार संक्रमित हुने इटहरी-८ ठेगाना लेखाएका ३० वर्षीय पुरुष हालसम्म सम्पर्कविहीन रहेको पाइएको छ ।
यस्तै, धरान-१९ की ३३ वर्षीया महिला सम्पर्कमा नै रहेको उनले जानकारी दिए । उनी भारतीय सेनाकी श्रीमती रहेको उनले जानकारी दिए । उनका श्रीमान अहिले पनि बीपीको आइसोलेसन वार्डमा उपचारत छन् । उनको केहीदिनअघि पोजेटिभ रिपोर्ट आएको थियो । जसको रिपोर्ट पुनः परीक्षण पोजेटिभ आएको हो ।
केही महिनाअघि भारतबाट फर्किएका उनी धरान-१७ एन्फास्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । ३४ वर्षीय उनमा त्यतिबेला परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । ‘त्यतिबेला परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो’, स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भने, ‘अनि उहाँ घर फर्किनुभएको थियो ।’
घरमा बसिरहेका उनका साथीहरू भने एन्फामै थिए । एन्फामा रहेक साथीको भोलिपल्ट पोजेटिभ रिपोर्ट आयो । फेरि शंका लागेर फेरि परीक्षण गर्दा उनमा पोजेटिभ रिपोर्ट आएको प्रमुख मेहता बताउँछन् । ‘साथीहरूको रिपोर्ट आएपछि पुनः परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको हो’, उनले भने, ‘धरान–१३ का दुईजनामा पनि यस्तै पुनः जाँच गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।’

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend