Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपीको चलअचल सम्पत्तिमा सेवा विस्तार गर्दा स्थानीयसँग छलफल गरी सम्भावव्यता अध्ययन गर्न कार्यदल

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
बीपीको चलअचल सम्पत्तिमा सेवा विस्तार गर्दा स्थानीयसँग छलफल गरी सम्भावव्यता अध्ययन गर्न कार्यदल

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चल अचल सम्पत्तिमा सेवा विस्तार गर्दा स्थानीय एवं सरोकारवालाहरूसँग छलफल गरी सम्भावना अध्ययन गर्न कार्यदल बनाइएको छ ।
काठमाडौंमा सम्पन्न सिनेट बैठकले कार्यदल बनाएको हो । जग्गालाई उपभोग गर्न सार्वजनिक साझेदारी नीति बनाएर उपभोग गर्नका लागि छुट्टै कार्यदल बनाउनेका लागि कार्यकारिणी समितिलाई जिम्मेवारी दिएको जनाइएको छ ।
काठमाण्डौंमा प्रतिष्ठानका सहकुलपति तथा सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पनि पास भइसकेको जनाइएको छ ।
विश्वविद्यालय रुपान्तरणका प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । उपकुलपतिको संयोजकत्वमा छुट्टै कार्यदल बनाइएको हो । कार्यदलमा प्रा.डा. उपेन्द्र कोइरला, प्रा.डा. मोहनचन्द्र रेग्मी, प्रा.डा. मधुर भट्टराई, प्रा.डा. बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीलाई जिम्मेवारी दिइएको छ । बैठकले प्रतिष्ठानहाता भित्र ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपणको अस्पताल निर्माण गर्ने समेत निर्णय समेत गरेको छ ।
केहीदिनअघिदेखि प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको भन्दै नेपाल तरुण दल र नेविसंघले विरोध जनाएको थियो ।
प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति (जग्गा) निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेपछि कांग्रेसनिकट यी दुई संगठनले विरोध शुरू गरेका थिए । धरानको छाताचोकमा करिब ६ कठ्ठा जग्गा रहेको छ । यस्तै, मोरङको सुन्दरहरैंचामा रहेको १४ विघामध्ये ७ विघा जग्गा रहेको छ । सिनेटको बैठकको विषयलाई लिएर प्रतिष्ठानमा नेविसंघलगायतका संघसंस्थाले ताला पनि लगाएर आन्दोलनमा उत्रिएका थिए ।
यता तरुण दल र नेपाल विद्यार्थी संघले शुक्रबार नै धरान उपमहानगरका मेयर र इलाका प्रशासन कार्यालय धरानलाई ज्ञापनपत्र बुझाएका छन् । धरानको छाताचौकमा रहेको पुरानो धरान अस्पतालको जग्गा बीपी प्रतिष्ठानले स्थानीय सरकार र सरोकावारलाहरुसँग कुनै समन्वय नगरी व्यापारीलाई जिम्मा लगाउने चलखेल सुरु गरेको भन्दै ज्ञापनपत्र बुझाइएको तरुण दलका सभापति हिमाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend