Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जंगलमा निगुँरो टिप्न गएकी महिलामाथि बलात्कारको प्रयास गर्ने युवा प्रहरीद्वारा सार्वजनिक

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
धरानको जंगलमा निगुँरो टिप्न गएकी महिलामाथि बलात्कारको प्रयास गर्ने युवा प्रहरीद्वारा सार्वजनिक

धरानः धरानस्थित चारकोशे झाडीमा निगुँरो टिप्न गएकी एक महिलामाथि यौन दुव्र्यवहार गर्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
यौन दुव्र्यवहारको आरोपमा ३३ वर्षीय तेजकुमार धामीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेर सार्वजनिक गरेको हो । ५२ वर्षीया ती महिलालाई उनले धारिलो हतियार खुकुरी देखाई जबरजस्ती करणी गर्न खोजेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
पीडितले कानमा लगाएको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली लुछी चोरी गरी भागी फरार भएको भनी पीडितले दिएको सूचनाको आधारमा तत्कालै पक्राउ गरिएको उनले जानकारी दिए । निजको घरबाटै नियन्त्रणमा लिई पीडित र निज धामीको शारीरिक परीक्षणको कार्य सम्पन्न गरी जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
महिलाकी छोरीको भनाइअनुसार आमा-छोरी जंगल गइरहेको बेला ती युवाले छोरी अलिक अगाडि गएपछि महिलामाथि दुव्र्यवहार गरेका हुन् । ‘आमा र म जंगल जाँदै थियौं, म अगाडि थिएँ, आमा अलिक पछाडि हुनुहुन्थ्यो, उसले आमालाई घारीमा लडाएर जबरजस्ती गर्दै रहेछ । आमा कराएपछि म फर्केर आउँदा भागिहाल्यो ।’ पीडित महिलाकी छोरीले भनेकी छिन् ।

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend