Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निर्माणधीन घरको गेटले किचेर ८ वर्षीया बालिकाको मृत्यु, ११ वर्षीया बालिका गम्भीर घाइते

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
निर्माणधीन घरको गेटले किचेर ८ वर्षीया बालिकाको मृत्यु, ११ वर्षीया बालिका गम्भीर घाइते

बिर्तामोड: बिर्तामोड नगरपालिका-१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर शनिबार एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ। -रासस

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend