Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका हर्क साम्पाङ रिहा, भने, ‘खानेपानीमा भ्रष्टाचार गर्नेलाई छाडदिनँ’

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
धरानका हर्क साम्पाङ रिहा, भने, ‘खानेपानीमा भ्रष्टाचार गर्नेलाई छाडदिनँ’

धरानः भ्रष्टाचारविरुद्धको अभियानमा सामेल हुँदै आएका हर्क साम्पाङ रिहा भएका छन् ।
उनी रिहा भएपछि समर्थकले उनलाई माला, अविरले स्वागत गरेका थिए । उनी रिहा भएपछि समर्थकमाझ बोल्दै उनले भ्रष्टाचारविरुद्धको लडाइँ नसकिएको र शुरुवात भएको बताए । आइयुडिपीअन्तर्गतको खानेपानीमा भ्रष्टाचार भएको उनले ठोकुवा गरे । साम्पाङले षड्यन्त्र गरेर आफूलाई थुनाइएको दावी गरे । ‘मलाई षडयन्त्र गरेर थुनाइयो, तर म निस्किएको छु, सत्यको जीत भएको महसुस गरेको छु ।’ उनले भने ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले उनी धरौटीमा रिहा भएको जानकारी दिए । उनलाई जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहा गरेको उनले जानकारी दिए । उनी खानेपानीको मुहानमा तोडफोड गरेको आरोपमा गत साउन २० गते पक्राउ परेका थिए । सोही घटनामा धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि उनलाई ‘सार्वजनिक सम्पत्ति तोडफोड तथा अत्यावश्यक सेवामा अवरुद्ध मुद्दा’ दर्ता गरिएको थियो ।
साम्पाङलाई पक्राउ परेयता चारपटक सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको थियो । पछिल्लोपटक बिहीबार ३ दिनको म्याद थप गरिएको थियो । साम्पाङसँगै संलग्न रहेका भनिएका र उजुरी समेत परेका खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठको भने पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend