सुनसरीः धरान उपमहानगरपालिका-१६ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
स्थानीय ३४ वर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा बुधवार अपराह्न साढे ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो । घरबाट गाँजा बरामद भएसँगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।