धरानः धरान–१६ लोकतान्त्रिक वस्तीका युवा गाँजासहित समातिएपछि धरान प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिबन्धित लागूऔषध गाँजासहित स्थानीय ३४ वर्षीय किरण धिमालले आफ्नै घरमा गाँजाको कारोबार गर्ने खुलेपछि प्रहरी पुगेर समातेको हो ।
बुधबार नै पक्राउ परेका उनको बिहीबार सार्वजनिक गरिएको हो । बुधबार अपराह्न साढे ५ बजे इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गर्दै उनलाई पनि पक्राउ गरेको हो । ‘धिमालले गाँजा लुकाइछिपाइ घरबाटै बेचबिखन गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा उनको घरमा खानतलासी गर्दा बेच्नलाई तयारी बनाएको ६ किलोग्राम तयारी गाँजा फेला परेको र उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति भई अनुसन्धान भइरहेको छ ।’ डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।