Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपीको आइसियुमा लापरवाही !

हाम्रो कोशी आवाज
भाद्र ८ २०७७, सोमबार
बीपीको आइसियुमा लापरवाही !

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित बिरामीलाई आइसियुमा राख्ने गरिएको भन्दै नर्स र बिरुवा कुरुवाहरू आन्दोलित बनेका छन् ।
आइसियुमा कार्यरत् नर्स र बिरामी कुरुवाहरूले सोमबार प्रशासनअगाडि धर्ना समेत दिएका छन् । आइसियुमा रहेका बिरामीमाझ पिसिआर टेष्टबिना संक्रमितलाई ल्याइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । ‘खासमा आइसियुमा आउनुपर्ने बिरामी पहिल्यै पिसिआर परीक्षणपछि ल्याइनुपर्ने हो तर बिनापरीक्षण ल्याइयो अनि पछि पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखिने गरेको छ, यसले गर्दा बिरामी कुरुवा र नर्स भागाभाग बन्ने स्थितिसम्म आएको छ ।’ कुरुवा जशोदा लिम्बूले भनिन् ।
पछि पिसिआर देखिँदा आइसियुमा रहेका बिरामी, बिरामी कुरुवा र नर्स नै जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ । ‘यसले गर्दा अन्य बिरामी, बिरामी कुरुवा र नर्स जोखिममा पर्न सक्छन तर बीपीले लापरवाही गरिरहेको छ’, बिरामी कुरुवा मुकेश खड्काले भने, ‘यस्तो लापरवाही गर्नु त भएन नि ।’
यस्तै, एकपटक मात्र नभएर अहिलेसम्म तीनपल्ट यस्तो घटना घटिसकेपछि आफूहरू आन्दोलनमा उत्रिएको एक नर्स बताउँछिन् । ‘खासमा यस्तो घटना दुईपल्ट त घट्यो घट्यो तर अर्कोपल्ट समेत घटिसकेपछि हाम्रो सुरक्षाका लागि भएपनि हामी आन्दोलनमा उत्रिएका हौं ।’ उनले भनिन् ।
कुरुवा काजी लिम्बूले बीपीले बिरामीलाई पोजेटिभ देखिइसकेपछि त्यो ठाउँमा सेनिटाइज समेत नगर्ने गरेको गुनासो गरे । ‘बिरामीमा पोजेटिभ त देखियो तर त्यहाँ सेनिटाइज समेत गर्ने गरिएको छैन’, उनले भने । अर्का बिरामी कुरुवा सञ्जय लिम्बूले बीपी प्रतिष्ठानको लापरवाहीका कारण पनि अबदेखि यस्तो नहोस् भनेर आन्दोलनमा उत्रिनुपरेको बताए । ‘पहिलोपल्ट, दोस्रोपल्ट सह्यौं तीनपल्टसम्म हुँदा प्रशासनअगाडि नै धर्ना बसौं भनेर आएका हौं ।’
पिसिआर टेष्टबिना बिरामी नल्याइयोस्, कोरोनासँग जुध्ने सामग्री पिपिइलगायतको व्यवस्था गरिनुपर्ने, यदि कसैलाई पोजेटिभ देखिए क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने, फ्रन्टलाइनमा काम गर्नेहरूका लागि उचित जोखिम भत्ताको व्यवस्था हुनुपर्नेलगायत उनीहरूको माग छ । उता प्रशासनका प्रमुख र प्रवक्तालाई सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रकाशित मिति: भाद्र ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend