Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा खुकरी र चक्कुसहित पक्राउ, प्रहरीद्वारा सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र ९ २०७७, मंगलबार
धरानका युवा खुकरी र चक्कुसहित पक्राउ, प्रहरीद्वारा सार्वजनिक

धरानः धरानका तीन युवा खुकरी र चक्कुसहित समातिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले उनीहरूलाई पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीहरूले धरानका विभिन्न ठाउँमा खुकुरी र चक्कु देखाएर आतंक मच्चाउने गरेको पाइएको उनले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा धरान–१५ का २९ वर्षीय सुजन राई, १९ वर्षीय सुशन राई र २३ वर्षीय मनिष भुजेल रहेका छन् । गत ७ गते साँझ उनीहरूले धरान वडा नं. १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान–८ बस्ने २४ को रोशन विश्वकर्मालाई खुकरी र चुक्कु देखाई कुटपिट गरेको सूचनाका आधारमा उनीहरू समातिएका हुन् ।
‘खुकुरी, चक्कु देखाई कुटपिट गरेको सूचनाको आधारमा उनीहरुको खोजतलासको क्रममा धरान–८ फलामे पुल नजिक खुकुरी र चक्कु बोकी सार्वजनिकस्थलमा स्थानीयलाई आतंकित तुल्याइरहेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ । पक्राउ गरी अनुसन्धानको लागि अभद्र ब्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend