धरानः इलाका प्रहरी कार्यालय धरानले प्रतिबन्धित औषधि दुरुपयोग र सन्चयको आरोपमा एक व्यक्ति पक्राउ गरेको छ ।
धरान–१५ गणतन्त्र बस्तीस्थित बस्ने वर्ष ३७ को राजकुमार चौधरीले आफ्नो घरकोठामा प्रतिबन्धित औषधी सन्चय र दुरुपयोग गरेको भन्ने सुचनाको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
चौधरीको घर कोठामा खटी गई घरको कोठा तलासी गर्दा कोठाभित्र टिनको बाकसमाथि रहेको बुफरभित्र लुकाइछिपाई राखेको अवस्थामा स्पास्मो प्रोक्जोभिन प्लस लेखिएको जम्मा ३००० क्याप्सुल फेला परी बरामद गरेको उनले जानकारी दिए । सो औषधिसहित चौधरीलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीे जनाएको छ । यसअघि पनि प्रहरीले पटक पटक औषधि दुरुपयोगको आरोपमा पक्राउ गर्दै आएको छ ।