धरानः इलाका प्रहरी कार्यालय धरानले धरान–१३ का युवालाई पक्राउ गरेको छ ।
बिहीबार ३ बजे धरान-१३ बस्ने वर्ष २० का विजय शेर्पालाई पक्राउ गरेको हो । घरकोठा तलासी गर्दा शेर्पाले सो कोठाको खाटमा रहेको सिरानी मुनी प्लाष्टिकको बजारे झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा ३०० (तीन सय) मिलिग्राम लागूऔषध खेरो हिरोइन (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी हाल अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
