Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका रञ्जीतलाई छुरा हानेर भागेका ससिम एक वर्षपछि पक्राउ

हाम्रो कोशी आवाज
भाद्र १२ २०७७, शुक्रबार
धरानका रञ्जीतलाई छुरा हानेर भागेका ससिम एक वर्षपछि पक्राउ

धरानः वर्षअघि छुरा प्रहार गरी फरार युवालाई धरान प्रहरीले पक्राउ गरेको छ ।
धरान–३, आइतबारेस्थित सडकमा छुरा प्रहार गरी फरार भएका धरान–१४ का डम्बर पारुहाङ भन्ने ससिम राई पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनले गत २०७६ असार १० गते राति धरान–१४ पिण्डेश्वरी चौक बस्ने वर्ष १९ को रञ्जीत तामाङलाई धारिलो हतियार (छुरा) प्रहार गरी भागेका थिए । धरान–१४ स्थित निजकै घरगाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको उनले जानकारी दिए । उनलाई आवश्यक कारवाहीको लागि सुनसरी जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: भाद्र १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend