Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना कहरः कञ्चनजंघा व्यवस्थापनको निर्वाचन पाटी, पौवा र चौतारीको गफमै सीमित

हाम्रो कोशी आवाज
भाद्र १५ २०७७, सोमबार
कोरोना कहरः कञ्चनजंघा व्यवस्थापनको निर्वाचन पाटी, पौवा र चौतारीको गफमै सीमित

ताप्लेजुङः ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद पूर्ण गठनमा कोरानाको कारण अन्योल भएपछि सरकारको निर्णय पर्खन थालेको छ ।
कात्तिक मसान्तसम्म नयाँ समूह, समिति र परिषद् गठन गरेर प्रतिवेदन बुझाउन राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साउन ७ गत पत्रमार्फत् कञ्चनजङ्घा संरक्षण क्षेत्र निर्देशन गरेको थियो ।
विभागको निर्देशनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र समिति गठन तथा निर्वाचनको प्राविधिक तथा प्रशासनिक प्रक्रियासँगै निर्वाचनको लागि संरक्षण क्षेत्रका कर्मचारी जुटे । निर्वाचनका लागि कर्मचारी र आवश्यक सामाग्री संरक्षण क्षेत्रका लेलेप कार्यालय, याफुदिन कार्यालय र गोला कार्यालयमा पुगिसकेको थियो ।
यता संरक्षणबासीहरू चुनावी मैदानमा उत्रिसकेका थिए । टोलटोलमा उपभोक्ता समूहको अध्यक्ष, सामुदायिक वन उपभोक्ता अध्यक्ष, आमा समूह अध्यक्ष र समिति अध्यक्षको आ–आफ्नै पक्षबाट निर्वाचनको लागि उम्मेद्वार तयार भइसकेको थियो । परिषद् अध्यक्षको लागि पूर्व कार्यालय सचिव तेन्जिङ शेर्पा र पूर्व परिषद् अध्यक्ष खेकेन्द्र फेम्बू लिम्बूबीच निर्वाचन हुने तयारी थियो । त्यसैको आधारमा पूर्व कार्यालय सचिव र पूर्व अध्यक्षबीच निवार्चन हुने भएपछि एक अर्काको मत तानातान भइरहेको थियो ।
संरक्षणबासीको टोल–टोलमा भेला, घरघरमा परिषद्को विषयमा कुरा, पाटी, पौवा र चौतारामा कसलाई परिषद् अध्यक्ष निर्वाचित गराउने विषयमा कुराकानी भइरहेको थियो र अहिले पनि भइरहेको छ । यता संरक्षण क्षेत्रले भित्रभित्रै हो–हल्ला नगरी निर्वाचन गर्ने तयारीका साथ कर्मचारी कार्य क्षेत्र प्रवेश गरिसकेको थियो ।
भाद्र १२ गते संरक्षरण अधिकृत गणेशप्रसाद तिवारी र जिल्ला प्रशासन कार्यालय प्रमुख, फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बू, सिरिजङ्घा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ साथै सुरक्षा निकाय प्रमुख लगायतको संयुक्त छलफलले कोरोनाको कहरमा परिषद्को निर्वाचन तल्काल नगर्ने निर्देशन भएको थियो ।
आफ्नो उम्मेद्वार जिताउन दिनरात नभनी लागिपरेका थिए तर तत्काल निर्वाचन हुने भएपछि आहिले सान्त भएर बसिरहेको स्थानीय अमर कुमार फेम्बूले जानकारी दिए । उनले निर्वाचनका कुरा अहिले पाटी, पौवा र चौतारीको गफमै सीमित बनेको बताए ।
‘अब कहिले निर्वाचनकोे मिति तोकिन्छ त्यस दिनदेखि पुनः निर्वाचनको अभियानमा लाग्छौं’, उनले भने । परिषद्को समय अवधि सकिएको चार महिनामा भएपनि संरक्षण क्षेत्रले परिषद् गठन गर्न नसकेमा संरक्षणबासी नै निराशा भएको स्थानीय सन्तकुमार लिम्बूले जानकारी दिए । संरक्षण अधिकृत तिवारले भने, ‘कतिखेर परिषद्को निर्वाचन गर्ने हो अब हामीलाई पनि थाहा हुँर्दैन, सरकारको निर्णय के आउँछ त्यसपछि तयारीमा लाग्छौं ।’

प्रकाशित मिति: भाद्र १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend