Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बालदिवसमा वक्तृत्वकला, शिवगंगा बाल समूहकी मेनुका दर्जी प्रथम

हाम्रो कोशी आवाज
भाद्र २९ २०७७, सोमबार
धरानमा बालदिवसमा वक्तृत्वकला, शिवगंगा बाल समूहकी मेनुका दर्जी प्रथम

धरानः धरान उपमहानगरपालिका १५ नं. वडा समितिको आयोजनामा अन्तर बाल समूहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
१५ नं. वडा बाल सञ्जालको संयोजकत्वमा सम्पन्न प्रतियोगिता २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम शिवगंगा बाल क्लबका मेनुका दर्जी, द्वितीय हिविसकस बाल समूहका अनुप झा, तृतीय नवज्योती बाल क्लबका प्रल्हाद भट्टराई र सान्त्वना निराजन बाल क्लवका विवेक विक भएका थिए । उनीहरुलाई धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालय वडाध्यक्ष तथा प्रमुख अतिथि नरेश इवारामले पुरस्कार वितरण गरे ।

आजका प्रतिभावान, चरित्रवान र मेघावी बालबालिकाहरु मात्र भोलिका असल र ठूला मानिस बन्न सक्ने भएकाले हामी सबैले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्ने वडाध्यक्ष नरेश इवारामले बताए ।
वडा बाल सञ्जालका अध्यक्ष विनोद रायमाझीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजयीहरुलाई धरान–१५ नं.वडाका सदस्यहरु ज्ञानेन्द्र कार्की, रामकाजी राई र जानुका कार्कीले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रत्येक वर्ष भाद्र २९ गते मनाइने बाल दिवसको नारा यस वर्षको लागि ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नारा रहेको छ । वक्तृत्वकला प्रतियोगिताको विषय ‘बाल दिवसमा बालबालिकाको भूमिका’ भन्ने रहेको थियो । प्रतियोगिताको निर्णायक धरान सिटी कलेजका प्राध्यापक डीवी श्रेष्ठ रहेका थिए ।
बाल अधिकार महासन्धी १९८९ लाई १४ सेप्टेम्बर लाई नेपालले १९९० मा अनुमोदन गररेको थियो । त्यसैले हरेको वर्ष भर्दै २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिएको वडाकी सामाजिक परिचालकले दीपिका कार्कीले बताइन् ।
फोटोः मोहन श्रेष्ठ

प्रकाशित मिति: भाद्र २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend