सुनसरीः सुनसरी देवानगञ्ज–६ स्थितबाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले आइतबार देवानगञ्जस्थित सीमा एरियाबाट को१च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणपश्चात् गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा करिब एक लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको हो । बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाइएको सो कार्यालयले जनाएको छ ।