Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एउटा बेन्चमा दुईजना राखेर सरकारी स्कुलमा पठनपाठन थालियो

हाम्रो कोशी आवाज
असोज ६ २०७७, मंगलबार
एउटा बेन्चमा दुईजना राखेर सरकारी स्कुलमा पठनपाठन थालियो

ओखलढुंगाः कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाको सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् ।
जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबारबाट सञ्चालनमा आएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपान प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चाल गरिएको विद्यालयका शिक्षक दीपक घिमिरेले जानकारी दिए ।
जालपा माध्यमिक विद्यालयले दुई सिफ्टमा विद्यार्थी–विद्यार्थीबीच भौतिक दुरी कायम गराएर पठनपाठन थालिएको हो । एउटा बेन्चमा दुई जना बिद्यार्थी राखेर उनीहरु बिचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । पहिलो सिफ्टमा कक्षा ६ देखी १० सम्मर दोस्रो सिफ्टमा नर्सरी देखी कक्षा पाँच सम्म सम्चालन गरिएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण लामो बिद्यालय बन्द हुदाँ सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको घिमिरेको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः विद्यालय सञ्चालन गर्ने नीति लिएका छन ।

प्रकाशित मिति: असोज ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend