धरानः बराहक्षेत्र नगरपालिका-१ की मीना राईको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी युवकलाई पक्राउ गरेको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ वर्षीय बालकलाई २४ घण्टाभित्रै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया ती बालिकाको हत्या भएको पुष्टि भएको हो । शनिबार मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीको घरमा धामी लगाइसकेर बिहानको २ बजे राति घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव संकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट डग सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ वर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक थापाले घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राति १० बजेतिर १५ वर्षीय बालक चटपटे खान भनी गएको अवस्थामा उनीहरूबीच विवाद हुँदा ती बालकले मिनालाइ सिसाको बोत्तलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफू आफ्नै घरमा गएर सुतेको बताएको जानकारी दिए । उनीमाथी सोधपुछका क्रममा सो कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति बालिकाको शव घरमा नै विभत्स अवस्थामा भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान शुरु गरेको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
घटनामा संलग्न भएको आरोपमा सोही स्थानका रञ्जित राईसँगै अन्य पक्राउ गरेपछि उनले आफू हत्यामा संलग्न भएको आरोप स्वीकार गरेको बताइएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानका लागि आठजनालाई पक्राउ गरेको थियो । रञ्जितको मात्र संलग्नता खुलेपछि अन्य सातजना छुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरीको अनुसन्धानले छिमेकी घरमा धामी बसेको हेर्न आमा बुवासहित गएकी मिना पछि निन्द्रा लागेर घर एक्लै फर्किएकी थिइन् । पसल समेत रहेको मिनाको घरमा रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेका थिए । त्यतिबेला चटपटेको निहुँमा उनको हत्या भएको प्रहरीको भनाइ छ । प्रतिकारको क्रममा मिनाले रञ्जितको हातमा टोकेपछि सिसाको बोत्तलले टाउकोमा प्रहार भएको र मिना ढलेको अनुसन्धानबाट खुलेको छ । पछि मिनाले प्रयोग गरेको सलको मद्दतले घाँटी थिची हत्या गरिएको जनाइएको छ । मिनाको टाउको र घाँटीमा चोट छ ।
आइतबारसम्मको अनुसन्धानले मिनाको आवेगमा हत्या भएको जनाइएको छ । पक्राउ परेका रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको प्रहरीले जनाएको छ ।
अपराध स्थलमापछि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ समेत मगाई अनुसन्धान गरिएको थियो । लैला पनि अपराध स्थलमा रहेको सुराकका आधारमा रञ्जितको घर पुगेको थियो ।
प्रहरी उपरीक्षक थापाले नियन्त्रणमा लिइएकामध्ये एकजनाले बालिकाको हत्या स्वीकार गरिसकेको बताए । ‘केही अनुसन्धानको प्रक्रिया बाँकी छ, लगभग हत्या गर्ने प्रहरी नियन्त्रणमा आइसकेको अवस्था छ ।’ छिमेकीको घरमा धामी लगाइसकेर बिहानको २ बजे राति घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिनालाई मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेका थिए ।