Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब दशैंमा ‘१ रुपैयाँ’ डाउनपेमेन्टमा होण्डा मोटरसाइकल र स्कुटी चढ्न पाइने

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
अब दशैंमा ‘१ रुपैयाँ’ डाउनपेमेन्टमा होण्डा मोटरसाइकल र स्कुटी चढ्न पाइने

सांकेतिक फोटो

धरानः नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरुको चाड दशैलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ ।
कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको कम्पनिले जनाएको छ ।
असोज ११ गते मंगलबारदेखि लागू हुने यो योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्ने कम्पनिको भनाई छ । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैंयासम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङका साथै ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend