Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धुलाबारीमा पाँचतारे होटल सञ्चालनमा

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
धुलाबारीमा पाँचतारे होटल सञ्चालनमा

बिर्तामोडः धुलाबारीमा पाँच तारे होटल होटल मेची क्राउन सञ्चालनमा आएको छ । बुधबारदेखि होटलको सफ्ट ओपनिङ गरिएको हो ।
व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरीगोल्ड ज्वेलरीका संचालक सुरेशमान श्रेष्ठ र निर्माण सामाग्री उद्योगमा लगानी गरिरहेको क्षमादेवी बिल्डर्स समूहको लगानी छ । आठ विघा जग्गामा रहेको होटलमा डेढ अर्ब लगानी छ । होटलको व्यवस्थापन द पिक हस्पिटालिटीले गरेको छ । उनले क्यासिनोको अनुमति पाउनेबित्तिकै होटल पूर्ण रूपमा संचालनमा आउनेछ ।
उनले भ्रमण वर्षलाई लक्षित गरेर होटल संचालनमा ल्याएको बताउँदै कोभिड लामो समयसम्म नरहने हुनाले समस्या नपर्ने जिकिर गरे। यो होटल भारतीय पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हो ।
भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दूरीमा होटल छ । भारतबाट आउने पर्यटकलाई क्यासिनोमा आकर्षित गर्ने उद्देश्यले होटल निर्माण गरिएको हो । यो होटल भद्रपुर विमानस्थलबाट जम्मा १७ किलोमिटर दूरीमा छ । होटलमा निजी हेलिप्याड राख्ने ठाउँ पनि छ । त्यो बाहेक पाँच सयभन्दा बढी सवारी साधन पार्किङ गर्ने सुविधा छ । होटलमा १ सय ५ कोठा छ । पाँच वटा मेची सुइट्स, १० वटा एक्जुकेटिभ भिल्ला, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छ ।
विवाह, बैठक, सम्मेलन, सेमिनार आदिका लागि पनि यस होटलमा सुविधा सम्पन्न हलहरु रहेको उनले बताए। होटलमा दुई वटा रेष्टुरेन्ट छन् ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend